अस्पतालका नाममा धनगढीमा चर्च निर्माण : तीन जना पक्राउ

अस्पतालका नाममा धनगढीमा चर्च निर्माण : तीन जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ११ साउन २०८१
  • 3.5K
    Shares

अस्पतालका नाममा धनगढीमा चर्च निर्माण

पोखरा,११ साउन २०८१।

धनगढीमा अस्पताल खोल्ने भन्दै भाडामा लिइएको जग्गामा चर्च निर्माण गर्ने तीन जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–७ मनेहरामा छाला सम्बन्धी उपचारका लागि अस्पताल खोल्ने भन्दै चर्च निर्माण गरिएपछि स्थानीयहरुले विवाद गरेका थिए ।

सोही प्रकरणमा स्याङ्जाका पुकार बिक, सोलुखुम्बुका प्रेम दोर्जे राई र धनगढीका विरबहादुर डगौरालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

मंगलबार पक्राउ परेका तीनैजनालाई पांच दिनको म्याद थप गरि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

उनीहरुविरुद्ध अभद्र व्यवहार मुद्दामा जाहेरी परेपछि पक्राउ गरिएको कैलाली प्रहरीका प्रवक्ता (डिएसपी) कविन्द्र बोहराले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार