समुद्रमा नुहाउने क्रममा जापानमा बैतडीका युवाको मृत्यु

समुद्रमा नुहाउने क्रममा जापानमा बैतडीका युवाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ११ साउन २०८१
  • 6.1K
    Shares

जापानमा निधन भएका २१ वर्षीय जनक प्रशाद अवस्थी

पोखरा,११ साउन २०८१।

जापानमा बैतडीका एक युवाको मृत्यु भएको छ। बैतडीको पाटन नगरपालिका–३ का २१ वर्षीय जनक प्रशाद अवस्थीको निधन भएको हो।

पढाईको लागि करिब तीन महिनाअघि मात्रै जापान पुगेका अवस्थीको मंगलबार समुद्रमा नुहाउने क्रममा निधन भएको आफन्तले बताएका छन् ।

एक आफ़न्तले दिएको जानकारी अनुसार, लाखौँ ऋण निकालेर अध्ययनसँगै रोजगारीको अवसरका लागि जापान पठाइएका अवस्थी नायोगामा बस्दै आएका थिए। उनको निधनले उनको परिवार विक्षिप्त अवस्थामा पुगेको प्राप्त समाचारमा जनाइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार