रोकी राखेको ट्रकबाट चोरी भएको डिजेल किन्ने बस मालिकसहित दुई जना पोखराबाट पक्राउ

रोकी राखेको ट्रकबाट चोरी भएको डिजेल किन्ने बस मालिकसहित दुई जना पोखराबाट पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ९ साउन २०८१
  • 9.4K
    Shares

पोखरामा डिजल चोरीमा संलग्न

पोखरा,९ साउन २०८१।

रोकी राखेको ट्रकबाट चोरी भएको डिजेल किन्ने बस मालिकसहित दुई जना पोखराबाट पक्राउ परेका छन्।

पोखरा महानगरपालिका वडा नं. ५ प्रस्याङ स्थित पार्किङ गरी राखेको बा ०१००६ ख ३८४० नम्बरको ट्रकको डिजेल ट्याङ्कीबाट चोरी भएको डिजल किन्ने एक जना बस मालिक्सहित दुई जना पोखराबाट पक्राउ परेका हुन्।

उक्त कार्यमा संलग्न पोखरा महानगरपालिका वडा नं. २ फिर्के पुल बस्ने १९ वर्षीय रोहित नेपाली र पोखरा-दमौली चल्ने ग १ ख ७१०२ नम्बरको बस धनी बागलुङ बसपार्क बस्ने ४८ वर्षीय जीवन श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलया कास्कीले जानकारी दिएको छ। पक्राउ परेका रोहित नेपालीले उक्त ट्रकबाट तीन वटा पानीको जारमा ६० लिटर डिजेल चोरी गरेको र त्यो चोरी गरेको डिजेल बस धनी श्रेष्ठलाई .४,००० रुपैयाँमा बेचेको खुले पछि दुवै जनालाई पक्राउ गरिएको प्रहरीको दाबी छ।

उनीहरूबिरुद्ध चोरी तथा डाँका सम्बन्धी मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार