बँदेल मार्न थापेको विद्युतीय धरापमा परेर पोथी गैंडाको मृत्यु : दुई जना स्थानीय बासिन्दा पक्राउ

बँदेल मार्न थापेको विद्युतीय धरापमा परेर पोथी गैंडाको मृत्यु : दुई जना स्थानीय बासिन्दा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ८ साउन २०८१
  • 5.8K
    Shares

पोखरा,८ साउन २०८१।

चितवन राष्ट्रिय निकुञ्जले करेन्ट लगाएर गैंडा मारेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका वडा नम्बर २६ भगेडीस्थित मकै बारीमा मृत अवस्थामा भेटिएको २० वर्षको पोथी गैंडाको अनुसन्धानका क्रममा निकुञ्जले शंकश्पद दुई जनालाई पक्राउ गरेको हो। तर पक्राउ परेका दुई जना बारे निकुञ्जले बिस्तृत विवरण सार्वेअजनिक गरेको छैन।

प्राप्त विवरण अनुसार, उनीहरुले बँदेल मार्नका लागि भन्दैं विद्युतीय धराप थापेको र सोही धरापमा परेर उक्त पोथी गैंडा मरेको जस्तो देखिएको निकुञ्ज स्रोतले जनाएको छ । घटनास्थल नजिकै घन, तार र किला(काँटी) भेटिएको छ। गैंडाको मुखबाट रगतसमेत बगेको थियो ।

चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले गैंडाको पोष्टमार्टम तथा अन्य आवश्यक अनुसन्धान थालिएको बताए । मृत पोथी गैंडाको खाग, खुर सुरक्षित छन्।

घटनाको अनुसन्धानपछि यसमा गिरोह नै संलग्न छ वा छैन भन्ने थाहा हुने सूचना अधिकारी तिवारीले बताए । दुर्लभ वन्यजन्तु गैंडा मारेमा वा यसको अंगको कारोबार गरेमा पाँच वर्षदेखि १५ वर्षसम्म कैद र १० लाख रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।

यो आर्थिक वर्ष २०८१/०८२ को पहिलो मृत गैंडा हो। गत आर्थिक वर्षमा चितवन निकुञ्जमा २१ वटा गैंडा मरेका थिए। तीमध्ये २ वटा सिकारीले मारेका थिए। एक गैंडाको मृत्यु कारण खुलेको छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार