पोखरा,८ साउन २०८१।
रसुवाको नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्वु स्याङबो घलेसहित १० जना जुवा खालबाट पक्राउ परेका छन् ।
काठमान्डौको कपन प्रहरी प्रभागले बुढानीलकण्ठ-१० बाट घलेसहितका व्यक्तिहरुलाई शनिबार बेलुका जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरेको हो ।
उनीहरूको साथबाट ६ बुक तास र एक लाख ३५ हजार नगद समेत बरामद भएको प्रहरीले जनाएको छ ।
उनलाई जुवामा म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
यस अघि पनि उनी मानव बेचविखन विरुद्धको कसुर गरेको आरोपमा पक्राउ परेका थिए। नेपाली महिलालाई कुवेत पठाउँछु भनेर उनले श्रीलङ्का पठाएको मानव बेचबिखन ब्यूरोका एसएसपी ओम रानाले जानकारी दिए ।
अध्यक्ष घले बिरुद्ध २०७३ साउन २२ मा मुद्दा दर्ता भएको थियो । उक्त घटनामा संलग्न रहेका दुई जना फरार रहेको ब्युरोले जनाएको छ ।