पोखरा,७ साउन २०८१।
बाल यौन दुर्ब्यबहार गरेको आरोपमा गोरखाबाट एक युवा पक्राउ परेका छन्। गोरखाको पालुङटार नगरपालिका–५ ठाँटीपोखरीका ३९ बर्षिय जगतबहादुर गन्धर्वलाई १४ वर्षीया बालिकालाई दुर्ब्यबहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।
अभियुक्त गन्धर्वले साउन ५ गते शनिबार दिन बिहान १०ः३० बजेको समयमा ती १४ वर्षीया बालिकाको संवेदनशिल अंगहरुमा समाउने, सुमसुमाउने गरेको आरोप प्रहरीले आरोप लगाएको छ। अभियुक्त गन्धर्वबिरुद्ध उजुरी प्रहरीमा उजुरी परेपछि पक्राउ गरेर आइतबार बालयौन दुरुपयोग कसूर शिर्षकमा मुद्दा दर्ता गरीएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
पक्राउ परेका गन्धर्वका बिषयमा अनुसन्धान गर्न गोरखा जिल्ला अदालतबाट म्याद थप गरी प्रहरीको हिरासतमा राखेर अनुसन्धान सुरु गरीएको पनि सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।