पोखरा,७ साउन २०८१।
रक्सीले मातेका प्रहरीका हवल्दारले चलाएको मोटरसाइकलले ठक्कर दिंदा चितवनमा एक पैदलयात्री महिलाको मृत्यु भएको छ।
रक्सीले मातेका जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी हबल्दार सूर्य न्यौपानेले चलाएको ना२१प १७१५ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा गम्भीर घाइते भएकी भरतपुर महानगरपालिका-२ निवासी ४२ वर्षीय सुस्मा श्रेष्ठको आइतबार उपचारका क्रममा मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, श्रेष्ठलाई भरतपुर महानगरपालिका वडा नं २ बाइपास रोडमा हिड्दै गर्दै गत बिहिबार उक्त मोटरसाइकलले दिएको थियो। त्यस मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी श्रेष्ठलाई उपचारका लागि चितवन मेडिकल कलेजमा पुर्याइएकोमा सोहि अस्पतालमा उपचारका क्रममा आइतबार मृत्यु भएको चितवन प्रहरीका प्रबक्ता प्रवक्ता प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए।
ठक्कर दिने चालक हवल्दार न्यौपानेको स्वास्थ्य जाँच प्रतिवेदनमा भरतपुर अस्पतालले ‘अल्कोहल इन्फ्लुएन्स’ उल्लेख भएको डिएसपी रिजालले बताए । यद्यपि, दुर्घटनामा चालक न्यौपाने समेत घाइते भएर टाउको, नाक र दाहिने खुट्टामा चोट लागि उपचार पछि डिस्चार्ज भएको डिएसपी रिजाल बताउँछन् ।
उक्त दुर्घटना पश्चात श्रेष्ठलाई ठक्कर दिने उक्त मोटरसाइकल र चालक समेत रहेका प्रहरी हवल्दार सूर्य न्यौपानेलाई आबश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।