सोलुखुम्बुमा पाहुना आएका भिनाजुलाई सालाले खुकुरी हानेर छप्काए

सोलुखुम्बुमा पाहुना आएका भिनाजुलाई सालाले खुकुरी हानेर छप्काए


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ६ साउन २०८१
  • 5.3K
    Shares

पोखरा,६ साउन २०८१।

सोलुखुम्बुमा सालाले आफ्नै भिनाजुलाई खुकुरीले हानेर हत्या गरिदिएका छन्।

जिल्लाको थुुलुङदुधकोशी २ का ४५ बर्षिय पुर्ण बहादुर बस्नेतले सोही गाउपालिका वडा नम्बर एक बस्ने भिनाजु ६० वर्षीय सुरेश बस्नेतको शनिबार बिहान ५ बजे हत्या गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए।

आफ्नै घरमा पाहुना आएका भिनाजु सुरेशलाई पूर्णबहादुरले खुकुरी प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ।

हत्यामा संलग्न भनिएका पुर्ण बहादुर बस्नेत प्रहरीको निर्यन्त्रणमा रहेको जिल्ला प्रहरी कार्याल सोलुखुम्बुले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार