गाई काटेको आरोप लागेका हाउडे जेल चलान : दुई नाबालकलाई अभिभावको जिम्मा लगाउन अदालतको आदेश

गाई काटेको आरोप लागेका हाउडे जेल चलान : दुई नाबालकलाई अभिभावको जिम्मा लगाउन अदालतको आदेश


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ५ साउन २०८१
  • 4.6K
    Shares

गाइ काटेको आरोप लागेका गोर्खाका हाउडे जेल चलान

पोखरा,५ साउन २०८१।

राष्ट्रिय जनाबार गाइ काटेको आरोप लागेका एक युवा जेल चलान भएका छन्।

जेल चलान हुनेमा धार्चे गाउँपालिका–२ केरौजा घर भई हाल आरुघाट गाउँपालिका–९ सुन्दर बस्ती बस्ने बर्ष ३२ का हाउडे भन्ने सविन विश्वकर्मा भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।

गएको असार १३ गते बिहान ३ बजे स्थानीय सुन्दर बस्तीका आइतसिंह विश्वकर्माको गोठमा बाँधी राखेको गाई काटेको आरोप लागेका हाउडे भन्ने सविन विश्वकर्मालाई गोरखा जिल्ला अदालतले पुर्पक्षमा रहने गरी कारागार चलान गर्न आदेश दिए पछि बिक जेल चलान भएको प्रहरी नायब उपरिक्षक श्रेष्ठले बताए।

अभियुक्त बिकले गएको असार १३ गते बिहान ३ बजे आईत सिंह विश्वकर्माको गाईलाई बुढी गण्डकी नदी किनारमा लगि हत्या गरेको आरोप प्रहरीले लगाएको थियो। नदी किनारबाट नै पक्राउ परेका हाउडे संग प्रहरीले खुकुरी, दाउका साथै गाईको टाउको, खुट्टा लगाएका अंगहरु फेला पारेको थियो ।

आरुघाट ईलाका प्रहरी कार्यालयका प्रहरीको टोलीले नियन्त्रणमा लिएका हाउडेलाई असार १४ गते नै गोरखा जिल्ला अदालतमा पशुपंक्षी सम्वन्धी कसूर शिर्षकमा मुद्वा दर्ता गरी अनुसन्धान पश्चात सरकारी वकिलको कार्यालय मार्फत राय पेश हुदा साउन ३ गते बिहिबार पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

गौ हत्यामा हाउडेलाई साथ दिएका २ जना नाबालकलाई भने अदालतको आदेशले अभिभावको जिम्मा लगाउने आदेश दिएको छ । दुवै जनालाई बिहिबार नै तारेखमा उपस्थित हुने गरी अभिभावको जिम्मा लगाएको पनि सूचना अधिकारी रमेशकुमार श्रेष्ठले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार