“विदेशबाट सामान आएको” भन्दै अनलाईन मार्फत ठगी गर्ने युवती तनहुँबाट पक्राउ

“विदेशबाट सामान आएको” भन्दै अनलाईन मार्फत ठगी गर्ने युवती तनहुँबाट पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २९ असार २०८१
  • 6.8K
    Shares

पोखरा, २९ असार २०८१/

“विदेशबाट सामान आएको” भन्दै अनलाईन मार्फत रकम ठगी गरेको आरोपमा तनहुँमा एक युवती पक्राउ परेकी छिन।

मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नं. ५ पिप्ले बस्ने बर्ष २२ की आस्था थापालाई अनलाईन मार्फत रकम ठगी गरेको आरोपमा प्रहरीले तनहुँमा पक्रुआ गरेको हो।

अभियुक्त थापाले व्यास नगरपालिका वडा नं. १ निवासी सृजना खड्कालाई सामाजिक संजाल WhatsApp को प्रयोग गरी म्यासेज मार्फत “बिदेशबाट मोबाइल, एयरबोर्ट समेतको सामान आएको छ” भनी झुक्याएर पाँच लाख रुपैँया ठगी गरेको आरोप प्रहरीले लगाएको छ।

अभियुक्त न्थापाबिरुद्ध प्रहरीले तनहुँ जिल्ला अदालतमा ठगी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी सम्मानीत तनहुँ जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान कार्य भईरहेको ।

प्रतिक्रिया
सम्बन्धित समाचार