पोखरा, २३ असार २०८१/
तनहुँको शुक्लागण्डकी–७ काउरेमा पहिरोले घर पुर्दा शनिवार बेपत्ता भएका तीन जनामध्ये थापा एक जनाको शव भेटिएको छ ।
उक्त पहिरोमा बेपत्ता भएका ५६ बर्षिय श्याम भण्डारीकाे शब् आज भेटिएको हो। सोही पहिरोमा बेपत्ता
घरधनी ४० बर्षीय हीरा नेपालीको शब् शनिबार नै भेटिएको थियो। ३० वर्षीया अनिशा बाँस्तोला भने अझै बेपत्ता छिन र आज बिहानैदेखि उनको खोजी शुरु गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानकारी दिए। विहान पाँच बजेदेखि पुनः शुरु गरिएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरिक्षका गणेश सुवेदीले जानकारी दिए । खोजी कार्यमा नेपाल प्रहरी, विशेष सुरक्षा गण ढोरफिर्दी र स्थानीय लगायत जुटेका छन् ।
सोहि पहिरोमा परि पाँच जना घाइते भएका छन् । घाइते मध्ये चार जना जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचारे केन्द्रमा उपचारपछि शनिवारै डिस्चार्ज भएका छन् भने ४० वर्षिय विष्णु बहादुर नेपालीको उपचार भइरहेको वडा नं. ६ का अध्यक्ष बुद्धि बहादुर थापाले जानकारी दिए । उनको अवस्था सामान्य छ ।
यस्तै ऋषिङ गाउँपालिका– झापुटारमा तनहुँ जलविद्युत आयोजनामा काम गर्ने वर्ष ५० को स्थानीय कृष्ण पुलामी मगरको पहिरोमा परी मृत्यु भएको हो भने लमजुङको सुन्दर बजार नगरपालिका–२ का वर्ष ५१ को सोमलाल श्रेष्ठ घाइते भएका छन् ।
त्यसै गरी अविरल वर्षाले गर्दा व्यास नगरपालिका–५ मानुङकोटमा तीन घरमा पहिराले पूर्ण क्षति पुर्याएको छ । दिउँसो पहिरो गएकोले मानवीय क्षति नभएको स्थानीय व्यवसायी चूडामणि दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार पहिराबाट क्षति भएका तीन घरका मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।
यता जिल्ला प्रशासन कार्यालयले भारी वर्षा भइरहेकाले नदी तटीय र पहिरा जोखिम क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले वर्षाले गर्दा हुन सक्ने क्षति न्यूनीकरणका लागि सबैलाई आग्रह गर्नु भएको छ ।