पोखराको लामाचौरस्थित पोलिटेक्निक इन्स्टिच्युटको होस्टेल भासियो

पोखराको लामाचौरस्थित पोलिटेक्निक इन्स्टिच्युटको होस्टेल भासियो


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २२ असार २०८१
  • 12.5K
    Shares

पोखरा, २२ असार २०८१/

पोखरा लामाचौरस्थित पोलीटेक्निक इन्स्टिच्युट प्रालिको होस्टल भवन भासिएको छ ।

अविरल वर्षाका कारण नालीको पानी लिक भएपछि राति करिब २ बजेतिर भवनको भान्सातिरको भाग भासिएको हो ।

लामाचौरका ५९ वर्षीय डम बहादुर गुरुङले सञ्चालन गरेको ब्लकले बनेको टिनले छाएको एकतले होस्टल भवन भासिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । मानवीय क्षति नभए पनि होस्टेलको भान्सातर्फको भागमा क्षति पुगेको प्रहरीले बताएकाे छ ।

प्रहरीका अनुसार निरन्तर वर्षा भए थप क्षति हुने भएकोले स्थानीयको सहयोगमा भान्साघर भएको ठाउँ खाली गराइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार