के छ रास्वपा महामन्त्री मुकुल ढकालको प्रतिवेदनमा (पूर्णपाठ)

के छ रास्वपा महामन्त्री मुकुल ढकालको प्रतिवेदनमा (पूर्णपाठ)


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २० असार २०८१
  • 4.3K
    Shares

डा. मुकुल ढकाल

पोखरा, २० असार २०८१/
राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले तयार पारेको समीक्षा प्रतिवेदन सार्वजनिक भएको छ। देशदौडाहमा निस्केर ढकालले पार्टीको अवस्थाबारे जनताको मत संकलन गर्दै समीक्षा प्रतिवेदन तयार पारेका थिए।

रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले प्रतिवेदन सार्वजनिक गरेका हुन्।

ढकालले विभिन्न ३२ जिल्लामा पुगेर ३२ दिन लगाएर ३२ पृष्ठको प्रतिवेदन तयार पारेका थिए।

अहिलेकै अवस्थामा पार्टी चलिरहे आउँदो चुनावमा पार्टी विघटन हुने विषय समेटिएको प्रतिवेदनका केही अंश ढकाल स्वयंले नै यसअघि सार्वजनिक गरेका थिए।

पार्टीभित्र छलफल नहुँदै प्रतिवदेन सार्वजनिक गरेको भन्दै रास्वपाभित्र उनको आलोचना भएको थियो।

उनको प्रतिवेदनमाथि बुधबार रास्वपा केन्द्रीय समिति बैठकमा छलफल भएको थियो। ढकालले आफूले तयार पारेको प्रतिवेदन बैठक लाइभ गरेर सार्वजनिक गर्नुपर्ने अडान राखेका थिए।

पार्टी उनको मागमा सहमत नभएपछि उनले मुखमा कालो टेप बाँधेर विरोध जनाएका थिए।

प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूलाई पाँच/पाँच मिनेटको समय दिएर धारणा राख्न लगाइएको थियो। अधिकाशं सदस्यले ढकालको प्रतिवदेनको आलोचना गरेका थिए।

प्रतिवेदनमाथिको छलफल सकिएपछि आएका प्रश्नको जवाफ दिन ढकाललाई समय दिइएको थियो। तर, उनले बोल्न अस्वीकार गरेका थिए।

त्यसपछि रास्वपाले पार्टी अनुशासन उल्लघंन गरेको भन्दै ढकाललाई एक साताका लागि पार्टी महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट निलम्बन गरेको थियो।

प्रतिक्रिया