बाढीले मनाङ तिमाङखोलाको काठेपुल बगायो, बेंशीशहर–चामे सडक अवरुद्ध

बाढीले मनाङ तिमाङखोलाको काठेपुल बगायो, बेंशीशहर–चामे सडक अवरुद्ध


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १९ असार २०८१
  • 8.4K
    Shares

मनाङको तिमाङखोलामा बाढी

पोखरा, १९ असार २०८१/

अविरल बर्षासँगै हिमालपारिको जिल्ला मनाङको तिमाङखोलामा आएको बाढीले काठेपुल बगाउँदा बेसीशहर–चामे सडक अवरुद्ध बनेको छ ।

मनाङको चामे गाउँपालिका–१ तिमाङ स्थित तिमाङखोलामा बाढी आउँदा मंगलबार राति पौने आठ बजेतिर काठेपुल बगाएपछि सडक अवरुद्ध भएको मनाङका प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले बताए ।

प्रजिअ लामिछानेका अनुसार बाढीले काठेपुल बगाएपछि सवारी आवतजावत ठप्प भएको छ भने, तिमाङखोलामा अर्को विकल्प नहुञ्जेल पुनः काठेपुल राखिने छ ।

जिल्ला प्रशासन कार्यालय मनाङले वैकल्पिक वयवस्था नहुञ्जेल उक्त क्षेत्रमा आवतजावत नगर्न र नगराउन अनुरोध समेत गरेको छ । पानी परिरहने क्रम नरोकिएको भन्दै थप क्षति हुन सक्ने भएकाले सतर्क अपनाउन समेत प्रशासनले आग्रह गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार