सांसदले महिला कार्यकर्ताको लुगा जबर्जस्ती खोल्न लगाएपछि …… …….. (हेर्नुस् भिडियो)

सांसदले महिला कार्यकर्ताको लुगा जबर्जस्ती खोल्न लगाएपछि …… …….. (हेर्नुस् भिडियो)


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ४ चैत्र २०७३
  • 21.4K
    Shares

भारतीय जनता पार्टीका सांसद साक्षी महाराजले एक महिलाको लुगा अरुलाई जबरजस्त खोल्न लगाएको भिडियो सार्वजनिक भएको छ । भिडियोमा सांसद साक्षीले एउटा युवतीको पेन्ट अरुलाई जबरजस्त खोल्न लगाएर अाफूले हेरिरहेका छन् । महिला रुँदै अस्वीकार गरिरहेको दृश्य भिडियोमा देखिएको छ ।

भारतीय सञ्चारमाध्यमहरुले प्रसारण गरेको भिडियोमा साक्षीले सुरुमा ति युवतीलाई लुगा (पेन्ट) खोल्न भने उनले नमानेपछि सँगै उभिएका अरु महिलाहरुलाई लगाएर खोल्ने प्रयास भइरहेको छ तर युवतीले प्रतिकार गरिरहेकी छन् ।सांसद साक्षीले भारतको मैनपुरीमा प्रहरीले दमनबाट पीडित आफ्नै महिला कार्यकर्ताको पेन्ट खोल्न लगाएका हुन् । उनी पीडितलाई भेट्न भन्दै त्यहाँ पुगेका थिए ।

स्वघोषित महाराज सांसद साक्षीले आफूलाई मिडियाले फसाएको आरोप लगाएका छन् । उनले प्रहरीको हस्तक्षेप घटनाबाट आफू निकै दुःखी भएको बताए । आफूल घाइतेहरुको अवस्थाबारे जानकारी लिन चाहेको बताए ।

प्रतिक्रिया