पोखरा, १० असार २०८१/
जङ्गली च्याउ खाँदा मकवानपुरमा एकजनाको मृत्यु भएको छ भने चार जना विरामी भएका छन्।
प्रहरीका अनुसार, मकवानपुरको राक्सिराङ गाउँपालिका–७ दगुवाङमा जङ्गली च्याउ खाँदा बलबहादुर प्रजाको परिवारका पांच जना बिरामी परेका थिए। च्याउ खाएर बिरामी परेका पाँचै जनालाई तत्काल उद्धार गरी उपचारका लागि चितवनस्थित भरतपुर अस्पताल पुर्याएकामा घरमुली समेत रहेका बलबहादुर प्रजाको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
उक्त च्याउ खाँदा ४५ वर्षीया पत्नी जालिमाया प्रजा, छोरी १५ वर्षीया रेञ्जु प्रजा, ८ वर्षीया सविना प्रजा र १० वर्षीय छोरा सुशील प्रजा विरामी भएका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।