अमेरिका र नेपालबीचको आईसीसी टी–२० वार्मअप खेल रद्द

अमेरिका र नेपालबीचको आईसीसी टी–२० वार्मअप खेल रद्द


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १८ जेष्ठ २०८१
  • 3.9K
    Shares

पोखरा, १८ जेठ २०८१/

अमेरिका र नेपालबीचको आईसीसी टी–२० वार्मअप खेल रद्द भएको छ ।

ग्राण्ड प्रेरी रंगशालामा खेल नेपाली समय अनुसार राति ९:१५ मा हुने भनिएको उक्त खेल वर्षाको कारण रद्द भएको हो।

अमेरिकाले टस जितेर पहिला ब्याटिङ रोजेको अवस्थामा मैदानमा वर्षा भएको थियो । वर्षा रोकिएपछि मैदानका कर्मचारीले काम गरेका थिए । तर पुनः वर्षा हुन थालेपछि खेल रद्द भएको हो ।

नेपाल पहिलो वार्मअप खेलमा क्यानडासँग ६३ रनले पराजित भएको थियो । यसै मैदानमा नेपालले मंगलबार नेदरल्यान्ड्ससँग खेल्दै विश्वकपमा सुरुवात गर्नेछ ।

नेपाल रहेको समूह डी मा दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्यान्ड्स छन् । विश्वकप १ जुनदेखि २९ सम्म अमेरिका र वेष्टइण्डिजमा हुनेछ ।

प्रतिक्रिया