फेवातालमा डुङ्गा दुर्घटनामा परेकी अस्ट्रियन युवतीको सकुशल उद्धार

फेवातालमा डुङ्गा दुर्घटनामा परेकी अस्ट्रियन युवतीको सकुशल उद्धार


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १७ जेष्ठ २०८१
  • 8.7K
    Shares

पोखरा, १७ जेठ २०८१/

पर्यटकीय नगरी पोखराको गहना फेवातालमा आएको हावाहुरीकाकारण डुंगा दुर्घटनामा परेकी एक अस्ट्रियन युवतीको सकुशल उद्धार गरिएको छ।

बिहीबार अपरान्ह साढे ४ बजेतिर हावाहुरीको कारण पोखरा महानगरपालिका १८ रातमाटेस्थित फेवा तालमा डुङ्गा चलाउँदै गरेकी अष्ट्रियाकी नागरिक २७ वर्षकी लाउराले चलाएको काठको डुङ्गा दुर्घटनामा परेको थियो ।

डुङ्गा दुर्घटनामा परेको सुचना पाउना साथ् वडा प्रहरी कार्यालय बैदाम र सशस्त्र प्रहरी बल नेपाल नं २४ गण हेडक्वार्टर कालिका मालेपाटनबाट खटिएको उद्दार टोलीले २५ मिनेटपछि उद्धार गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । अहिले उनको अवस्था सामन्य रहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया