पोखरा, १७ जेठ २०८१/
अमेरिकी दूतावासले क्रिकेटर सन्दीप लामिछानेलाई टी-२० विश्वकप क्रिकेट खेल्न अमेरिका जानका लागि भिसा दिन फेरी अस्वीकार गरेको छ।
ब्यापक जनदबाब पछि भिसा दिने प्रयोजनका लागि भन्दै आज फेरी अन्तरवार्ताका लागि क्रिकेटर लामिछानेलाई राजदुताबास वोलाएको अमेरिकी दूतावासले उनलाई भिसा दिन फेरी अस्वीकार गरेको हो ।
यस अघि क्रिकेटर लामिछाने अन्तरवार्ताका लागि अमेरिकी दूतावास पुगेका थिए। नेपाली क्रिकेट समर्थकहरुले उनलाई भिसा दिनुपर्ने माग राख्दै सामाजिक सञ्जाल र सडकबाट दबाब सिर्जना गरेका थिए । सरकारले पनि कुटनीतिक नोट पठाउँदै अमेरिकासँग भिसाका लागि आग्रह गरेको थियो ।