“हामीबाट त्रुटि भयो” भन्दै माफी मागे मह जोडीले (भिडियोसहित)

“हामीबाट त्रुटि भयो” भन्दै माफी मागे मह जोडीले (भिडियोसहित)


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १४ जेष्ठ २०८१
  • 6.4K
    Shares

माफी माग्दै मह जोडी

पोखरा, १४ जेठ २०८१/
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ प्रकरणमा चौतर्फी बिरोध भए पछि चर्चित हास्य कलाकारहरु मह जोडीले आफ्ना दर्शक एबम शुभ-चिन्तकहरुसमक्ष माफी मागेका छन्।

नेपाली चलचित्र ‘महाजात्रा” प्रदर्शनका क्रममा अस्ट्रेलियामा रहेका चर्चित हास्य जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले आज सामाजिक संजालमा एउटा भिडियो संदेश जारी गरेर आफ्ना दर्शक एबम शुभ-चिन्तकहरुसमक्ष माफी मागेका छन्।

उनीहरुले आफ्नो भिडियो सन्देशमा अष्ट्रेलिया उड्ने मुडमा बसिरहेको बेला अप्रत्याशित रुपमा अदालतमा चलिरहेको मुद्दाको बिषयमा प्रश्न उठे गरिए पछि आफूहरु अक्मक्किएर जवाफ दिंदा आफूहरुबाट त्रुटि भएको स्वीकार गरेका छन्। “अदालतमा चलिरहेको बिषयमा नबोलेको भए पनि हुने थियो” भन्दै उनीहरुले आफूहरुबाट त्रुटि भएकाले बिगतमा जस्तै आफ्नै मान्छे सम्झिएर सबै कुरा बिर्सिदिएर माफ गरिदिन अनुरोध गर्दछौं” भनेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार