कांग्रेसको नाराबाजी बीच सरकारको नीति तथा कार्यक्रम संसद्‍बाट बहुमतले पारित

कांग्रेसको नाराबाजी बीच सरकारको नीति तथा कार्यक्रम संसद्‍बाट बहुमतले पारित


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १३ जेष्ठ २०८१
  • 5.1K
    Shares

सभामुख देवराज घिमिरे

पोखरा, १३ जेठ २०८१/

सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ल्याएको नीति तथा कार्यक्रम संघीय प्रतिनिधिसभा बैठकबाट पारित भएको छ।

प्रतिपक्षी दल नेपाली कांग्रेसको नाराबाजीकै बीच छलफल सकेपछि सभामुख देवराज घिमिरेले नीति तथा कार्यक्रम होहल्लाकै बीच बहुमतले पारित गरेको घोषणा गरे।

त्यसअघि नीति तथा कार्यक्रममा चित्रबहादुर केसी, प्रेम सुवाल, स्वर्णिम वाग्लेलगायतले छलफलमा सहभागी भएका थिए।

त्यसमा प्रेम सुवालले गरेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो भने छलफलमा उठेका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिएका थिए।

सोसँगै सभामुख घिमिरेले निर्णयार्थ पेस गरेकामा बहुमतले पारित भएको बताएका थिए। योसँगै बैठकको आजको कार्यसूची स्थगित भएको छ भने एकैचोटि बजेट प्रस्तुत हुने दिनलाई बैठक बोलाइएको छ।

प्रतिक्रिया