सिरोहियालाई रातारात धनुषा पुर्याइयो : आजै अदालतमा पेश गरिने

सिरोहियालाई रातारात धनुषा पुर्याइयो : आजै अदालतमा पेश गरिने


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ९ जेष्ठ २०८१
  • 6.2K
    Shares

पोखरा, ९ जेठ २०८१/

नागरिकता प्रकरणमा छानविनका लागि पक्राउ काठमाण्डौबाट गिरफ्तार गरिएका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई रातारात धनुषा पुर्याइएको छ। हाल जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखिएको भनिएका सिरोहियालाई आजै जिल्ला अदालत धनुषामा पेश गर्ने तयारी भैरहेको प्रहरीले जानकारी दिएको छ।

सिरोहियाले फरक फरक नागरिकता विवरण विभिन्न निकायमा पेश गरेको दावी गर्दै उनीमाथि छानविन गर्न जिल्ला प्रशासन कार्यालय धनुषामा उजुरी परेको थियो । धनुषा जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएपछि उनलाई पक्राउ गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "mediaelement" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/janasanc/public_html/wp-includes/functions.php on line 6260