क्रिकेटर सन्दीप लामिछानेलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति

क्रिकेटर सन्दीप लामिछानेलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • 6.3K
    Shares

सन्दिप लामिछाने, sandeep-lamichhane

पोखरा, ४ जेठ २०८१/

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले क्रिकेटर सन्दीप लामिछानेलाई विश्वकप खेल्ने टोलीमा राख्न अनुमति दिएको छ। बलात्कार मुद्दामा अदालतबाट सफाइ पाएसँगै लेग स्पिनर सन्दीप लामिछानेलाई आईसीसीले विश्वकप खेल्ने टोलीमा राख्न अनुमति दिएको हो ।

आईसीसीले लामिछानेलाई विश्वकप खेल्ने टोलीमा राख्न अनुमति दिएसंगै उनले आईसीसी टी२० विश्वकपका लागि अमेरिका र वेस्ट इन्डिजसंग खेल्न उनी त्यसतर्फ जाने निश्चित भएको छ। सभवत: उनी शनिबार त्यसतर्फ उड्ने समाचार स्रोतहरुले जानकारी दिएका छन्।

टी–२० विश्वकप क्रिकेट अमेरिका र वेस्ट इन्डिजमा आगामी जुन १ तारिखदेखि शुरु हुनेछ।

यसअघि सन्दीपको मुद्दा चलिरहेकाले क्यानले सन्दीपबाहेक १५ सदस्यीय टोली घोषणा गर्दै आईसीसीमा पठाएको थियो। तर केही समयअघि मात्र आईसीसीले सन्दीपको नाम थप्न स्वीकृति दिएपछि क्यानले सन्दीपलाई पठाउने प्रक्रिया शुरु गरेको प्राप्त समाचारमा जनाइएको छ । उनी सम्भवतः शनिबार त्यसतर्फ जानेछन्।

क्यानले यसअघि आईसीसीमा विश्वकप खेल्ने टोलीका सदस्य परिवर्तन गर्ने समय मे २५ अर्थात् जेठ १२ गतेसम्म छ।

क्यानले २०८० पुस २६ गते घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेटबाट पूर्वकप्तानसमेत रहेका सन्दीपलाई निलम्बन गर्ने निर्णय गरेको थियो।

जिल्ला अदालतले दोषी ठहर गरेलगतै निलम्बनमा परेका सन्दीप झण्डै ५ महिनापछि मैदान फर्किन लागेका हुन्।

१० वर्षअघि पारस खड्काको कप्तानीमा पहिलोपटक विश्वकप खेलेको नेपालले अहिले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली त्यहाँ पठाइसकेको छ। टोली अहिले दुवै देशमा अभ्यास खेल खेलिरहेको छ।

विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ। यो समूहमा दक्षिण अफ्रिका, श्रीलङ्का, बङ्गलादेश र नेदरल्यान्ड्स छन्। नेपालले जुन ४ तारिखमा नेदरल्यान्ड्ससँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ।

जुन ११ मा श्रीलङ्का, जुन १४ मा दक्षिण अफ्रिका र जुन १६ तारिख बङ्गलादेशसँग खेल्ने तालिका छ ।

यसअघि अमेरिका पुगेको टोलीमा कप्तान रोहितकुमार पौडेलसँगै, आसिफ शेख, कुशल भुर्तेल, अनिलकुमार साह, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी सामेल छन्।

प्रतिक्रिया