जिल्ला प्रहरी कार्यालय हुम्लामा पहिलो पटक गाडी पुग्यो (भिडियोसहित)

जिल्ला प्रहरी कार्यालय हुम्लामा पहिलो पटक गाडी पुग्यो (भिडियोसहित)


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २१ बैशाख २०८१
  • 11K
    Shares

पोखरा, २१ बैशाख २०८१/

जिल्ला प्रहरी कार्यालय हुम्लामा बिहिबार पहिलो पटक पिक अप भ्यान पुगेको छ। बागमती प्रदेश ०१-००२ झ ६३९५ को बलेरो पिक अप जीप बिहिबार सदरमुकाम सिमिकोटस्थित जिल्ला प्रहरी कार्यालय हुम्लामा पुगेको हो।

निर्माणाधीन कर्णाली करीडोरमा जोड्न बनाइएको अस्थायी सडक हुँदै उक्त जिप सदरमुकाम सिमिकोट पुगेको हो।

सडक नहुँदा उक्त जिप बिगत डेढ बर्षदेखि तल्लोभेगस्थित अस्थायी प्रहरी पोष्ट तुम्च हुम्लामा थन्किएको थियो।

प्रतिक्रिया