गण्डकी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल, पोखराका संञ्चालकसहित १२ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर भएको छ । अख्यितारले कलेजका अध्यक्ष खुमाप्रसाद अर्यालसहित सञ्चाकलहरु रमेश शर्मा, प्रकाश लामिछाने, भेषराज आचार्य, हुननाथ कोईरालाल र अर्का सञ्चालक निसान राजभण्डारीलाई मुद्धा दायर गरिएको हो । कलेजका अध्यक्ष खुमाप्रसाद अर्याललगायत सञ्चालकहरुले त्रिविबाट पद स्वीकृत नै नभएका फ्याकेल्टीहरुको विवरण समावेश गरेको, १ सण् ५० विद्यार्थीको सीट संख्यालाई आवश्यक पूर्वाधार नभए पनि छ भनी झुठो विवरण पेश गरेको पुष्टि भएको भन्दै उनीहरुविरुद्ध भ्रष्टाचारको मुद्धा दायर गरिएको हो । भ्रष्टाचार निवारण ऐन २०४९ बमोजिम कसुरको मात्राअनुसार सजाय मागदाबीसहित आरोप पत्र दायर गरेको आयोग प्रवक्ता कृष्णहरी पुष्करले विज्ञप्ती मार्फत जानकारी दिएका छन् ।
यस्तै निरीक्षकका रुपमा खटिएका प्रा. डा. गणेशकुमार राईले कुनै अध्ययन नै नगरी प्रतिवेदन बुझाएको पाइएको भन्दै उनीविरुद्ध पनि मुद्धा दायर भएको छ । निरिक्षण टोलीका प्रा.डा राई, प्राध्यापक डा नरमाया थापा, उपप्रध्यापक डाक्टर प्रदिप ज्ञावली,राजीव यादव र निरिक्षण टोलीका सदस्य डाक्टर प्रणीत कुमार पोखरेल विरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो।
त्रिभुवन विश्व विद्यालय चिकित्सा शास्त्र संस्थानबाट सम्बन्धन प्राप्त गरेको गण्डकी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल प्राली(पोखरा)लाई एमबिबिएस कार्यक्रम सञ्चालनका लागि सिट संख्या तोकेर सम्बन्धन दिन गठन गरिएको पूर्वाधार निरीक्षण टोलीका सदस्य तथा सञ्चालकले हुँदै नभएका विवरण समावेश गरी प्रतिवेदन दिएको र सोही आधारमा सम्बन्धन प्रदान गरिएको पाइएको आयोगको ठहर छ ।
उनीहरुलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १९ को उपदफा २ अनुसार ३ वर्ष देखि १ वर्ष सम्म कैद र १० हजार देखि ५० हजार सम्मको जरिवाना माग गर्दै अख्तियारले शुक्रबार विषेश अदालतमा मुद्दा दायर गरेको हो। निरिक्षण टोलीका राई र प्रा.डा नरमाया थापालाई भने सार्वजनिक पदमा रहेको भन्दै दफा २४ बमोजिम थप सजाय माग गरेको छ। यो प्रावधान अनुसार ३ वर्ष सम्मको सजाय थप हुन्छ। एमबीबीएस सिट निर्धारणका लागि निरिक्षण गरि प्रतिवेदन दिँदा बद्नियतपूर्वक भएगरेका कुरा लुकाई छिपाई हुँदै नभएका गलत विवरण देखाएको भन्दै निरिक्षण टोलीका सदस्यहरुलाई भ्रष्टाचार गरेको आरोप अख्तियारको छ ।