नवलपरासीमा भारतीय ड्राइभरलाई बाँधेर रामधुलाई , बन्यो भिडियो भाइरल

नवलपरासीमा भारतीय ड्राइभरलाई बाँधेर रामधुलाई , बन्यो भिडियो भाइरल


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २० बैशाख २०८१
  • 32.9K
    Shares

पोखरा, २० बैशाख २०८१/

यति बेला सामाजिक संजालमा एक जना भारतीय ट्रक चालकलाई हात पछाडी बाँधेर रामधुलाई गरेको भिडियो भाइरल बनिरहेको छ। उक्त भिडियोमा एक जना व्यक्तिको हात पछाडी लगेर डोरीले बाँधिएको छ र रक्सी खाएर मान्छे मार्ने गरी ट्रक चलाउने भन्दै कुटपिट पनि गरिएको छ।

कुटपिट जारी रहंदा एक जना ट्राफिक प्रहरी घटनास्थलमा आएको देखिन्छ र उनको हात बाँधिएको डोरी फ़ुकाइदिएको पनि दृश्यमा देखिएको छ। त्यसका बाबजुद पनि ट्राफिक प्रहरीकै अगाडी केही मानिसले रक्सी चलाएर गाडी चलाएको भन्दै उनलाई कुटेको प्रस्ट देखिएको छ। त्यस पछि भने घटनास्थलमा देखिएका एक मात्र ट्राफिक प्रहरीले त्यो भिडबाट ती ट्रक चालकलाई छुटाएर लागेको भिडियोमा देखिन्छ।

उक्त भिडियो नवलपरासी जिल्लाको सुनवल नगरपालिका-१२ भुमहीचोकस्थित पूर्वपश्चिम राजमार्गमा बुधबार बिहान १० बजे भएको एउटा सवारी दुर्घटनापछिको भएको बताइएको छ। उक्त भिडियो कृष्ण क्षेत्रीले खिचेको भन्दै सामाजिक संजालमा उल्लेख गरिएको छ।

सोहि स्थानमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको यूपी ५५ बीटी २५४६ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको लु २६ प ९२८ नम्बरको स्कुटरलाई ठक्कर दिंदा स्कुटरको पछाडि बसेकी गुल्मी घर भई सुनवल-१३ सुन्दर बस्ती बस्ने ३७ वर्षीय कमला घर्ती मगरको मृत्यु भएको थियो ।

प्रतिक्रिया