क्रिकेटर सन्दीप लामिछानेको मुद्दा आज पनि “हेर्न नभ्याइने”मा, टि-२० विश्वकप खेल्ने सम्भावना क्षीण

क्रिकेटर सन्दीप लामिछानेको मुद्दा आज पनि “हेर्न नभ्याइने”मा, टि-२० विश्वकप खेल्ने सम्भावना क्षीण


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १६ बैशाख २०८१
  • 3.1K
    Shares

क्रिकेटर सन्दिप लामिछाने

पोखरा, १६ बैशाख २०८१/

क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्दामाथि आज पनि उच्च अदालतमा बहस हुन सकेन । समय अभावको कारण देखाउदै न्यायाधीसद्वय धीरबहादुर चन्द र चन्द्रमणि ज्ञवालीको इजलाशले ‘हेर्न न्भ्याइने’ सूचीमा राखिदिए पछि उक्त मुद्दामा आज पनि बहस हुन् नसकेको हो। यसअघि गत वैशाख १० गते तोकिएको पेशी पनि हेर्न नभ्याइनेमा परेको थियो ।

अदालतमा सुनवाइ धकेलिँदा सन्दीपले टि-२० विश्वकप खेल्ने सम्भावना क्षीण बन्दै गएको छ । नेपालसमेत सहभागी हुने टी-२० विश्वकप जून २ बाट शुरु हुँदैछ । नेपाल क्रिकेट संघका अनुसार आउँदो मे १ सम्ममा नेपालले आफ्नो १५ सदस्यीय स्क्वाडको छनोट गरेर आइसीसीलाई पठाइसक्नुपर्ने हुन्छ ।

यदि उच्च अदालतले सुनवाइ गरेर सफाइ दिएको खण्डमा सन्दीप क्रिकेटमा फर्किन सक्नेछन् । तर, आज पनि सुनवाइ हुन नसकेपछि सन्दीप विश्वकप खेल्न अमेरिका जाने सम्भावनाको ढोका लगभग बन्द भएको छ ।

प्रतिक्रिया