गण्डकी प्रदेशमा प्रदेश प्रमुख भट्टसमक्ष एमाले संसदीय दलका नेता अधिकारीले मुख्यमन्त्रीमा दाबी पेश गरे (भिडियोसहित)

गण्डकी प्रदेशमा प्रदेश प्रमुख भट्टसमक्ष एमाले संसदीय दलका नेता अधिकारीले मुख्यमन्त्रीमा दाबी पेश गरे (भिडियोसहित)


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २५ चैत्र २०८०
  • 8.9K
    Shares

गण्डकी प्रदेशमा मुख्यमन्त्री दाबी पेश गर्दै एमाले संसदीय दलका नेता खगराज अधिकारी

पोखरा, २५ चैत २०८०/

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता खगराज अधिकारीले दाबी पेस गरेका छन् । एमाले, माओवादी केन्द्र र स्वतन्त्र सांसद राजीव गुरुङको समर्थनमा उनले प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेका हुन् ।

यसमा सभामुखको समेत संख्या गनिएको छ । कोशीमा सभामुखसहित संख्या गनेर दावी पेश गर्दा पछि अदालतले उक्त सरकार उल्ट्याइदिएको थियो । त्यही घटना गण्डकीमा पनि दोहोरिने देखिएको छ ।

एमालेका २२, माओवादीका सभामुख सहित ८ र मनाङे गरी ३१ सीट पुग्छ । दलको सीट संख्याका आधारमा बहुमत पुर्‍याएर दावी पेश गरिएको अधिकारीले बताए ।

प्रतिक्रिया