तनहुँमा धारिलो हतियार प्रहार गरी श्रीमतिको हत्या

तनहुँमा धारिलो हतियार प्रहार गरी श्रीमतिको हत्या


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २४ चैत्र २०८०
  • 22.4K
    Shares

तनहुँ २४ चैत २०८० /

तनहुँमा शनिबार दिउसो एक व्यक्तिले आफ्नी श्रीमतीलाई धारिलो हतियार दाउले हानेर हत्या गरेका छन्। व्यास नगरपालिका–५ साङ्गे, चापटार निवासी ४० बर्षीय जीतबहादुर कुमालले दाउ प्रहार गरी ३६ बर्षकी आफ्नी श्रीमतीको सुनमायाको हत्या गरेका हुन् ।

घरायसी झै–झगडाका कारण हत्या गरेको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुसन्धानको आधारमा जानकारी दिएको छ।
हत्यामा संलग्न श्रीमान् जीतबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक दीपक रायले जानकारी दिए । मृतक सुनमायाको शव पोष्टमार्टमका लागि दमौली अस्पतालको शवगृहमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार