पोखरा, २४ चैत २०८०/
पोखरा महानगरपालिका वडा नम्बर २० भलामखोरबाट मृगको मासु र भरुवा बन्दुकसहित एक व्यक्ति पक्राउ परेका छन्। मेड इन स्पेन लेखेको दुईनाले बन्दुक एक थान र मृगको मासुसहित सोही ठाउँका ४२ वर्षीय दीपेन्द्र केसीलाई प्रहरीले पक्राउ गरेको हो।
वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले केसीको घरबाट लुकाई छिपाई राखेको मृगको मासु आठसय ग्राम, उक्त बन्दुक, र शिकार खेल्न प्रयोग हुने विविध सामग्रीसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।