पोखरा, २४ चैत २०८०/
रास्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रिय सार्वजनिक मामिला बिभागले पोखरामा पोखरामा नि:शुल्क कपाल काट्ने तालिम संचालन गर्ने भएको छ। हेलो एजुकेशन प्रालिको सहयोगमा आगामी बैशाख ५ गतेदेखि रास्ट्रिय स्वतन्त्र पार्टीले पोखरामा तीनमहिने नि:शुल्क कपाल काट्ने तालिम संचालन गर्न लागेको हो।
देशमा बढ्दै गैरहेको बेरोजगारी घटाउने उद्देश्य र “सिप सिकौ आत्मनिर्भर बनौ” भन्ने मुल नाराका साथ् कम्तिमा ५० जनालाई तीनमहिने नि:शुल्क कपाल काट्ने तालिम दिन लागिएको रास्वपा सार्वजनिक मामिला बिभागका सदस्य उत्तम पौडेलले जानकारी दिए। उनले अघि भने,”हामी देशमा रोजगारी छैन भनेर दैनिक लाखौँ रुपमा खर्चिएर विदेश हानिएका छौं। तर छिमेकी देश भारतबाट आएका दाजुभाइले नेपाल आएर सानो र थोरै लगानी गरेर मासिक लाखौँ रुपियाँ आफ्नो देशमा लागेका छन्। ”
यदि नेपाली दाजुभाइलाई कपाल काट्न तालिम दिने हो भने दैनिक लाखौँ रुपियाँ देशबाट बाहिरिन कम हुने र देशमा रोजगारी पनि बढ्ने उनको तर्क छ।
छिमेक मुलुक भारतबाट आएर कपाल काट्ने पेशा गरी भारतीय नागरिकले लाखौ रुपैया कमाएका छन भने नेपालीलाइ सिप सिकाएर स्वदेशमै रोजगारीको अवसर दिन किन नखोज्ने पौडेलले प्रश्न गरे ।