क्रिप्टो करेन्सी कारोबार गरेको आरोपमा काठमाण्डौबाट पक्राउ परे स्याङजाका शनि भण्डारी

क्रिप्टो करेन्सी कारोबार गरेको आरोपमा काठमाण्डौबाट पक्राउ परे स्याङजाका शनि भण्डारी


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २२ चैत्र २०८०
  • 2.1K
    Shares

क्रिप्टो करेन्सी कारोबार गरेको आरोपमा पक्राउ परेका स्याङजाका शनि भण्डारी

पोखरा, २२ चैत २०८०/

नेपालमा अबैध मानिएको डिजिटल मुद्रा क्रिप्टो करेन्सी कारोबार गरेको आरोपमा स्याङजाका एक व्यक्ति
काठमाण्डौबाट पक्राउ परेका छन्। स्याङ्जाको चापाकोट नगरपालिका–८ घर भइ हाल काठमाडौंको टोखा–८ सुन्दरबस्ती बस्ने ५४ वर्षीय शनि भण्डारी नेपालमा अबैध मानिएको डिजिटल मुद्रा क्रिप्टो करेन्सी कारोबार गरेको आरोपमा पक्राउ परेका हुन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले उनलाई चैत २२ गते सुन्दरबस्तीबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।

पक्राउ गर्दा निजको मोबाइलमा ‘जीएमटी, यूएसडीटी, बीएसडब्लु, एसओएल, यूटीसी’ हरूको कारोबार गरेको देखिएकोले निजलाई नेपाल राष्ट्र बैंक ऐन अन्तरगतको कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

नेपाल राष्ट्र बैंकले एक सुचना जारी गरेर नेपालमा क्रिप्टो करेन्सीबाट बित्तीय कारोबार गर्न रोक लगाइएको जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार