झापामा एकाबिहानै श्रीमानद्वारा एक शिक्षिकाको खुकुरी प्रहार गरी हत्या

झापामा एकाबिहानै श्रीमानद्वारा एक शिक्षिकाको खुकुरी प्रहार गरी हत्या


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २२ चैत्र २०८०
  • 2.9K
    Shares

ममसरी राजवंशी

पोखरा, २२ चैत २०८०/

झापामा आज एकाबिहानै एक शिक्षिकाको हत्या भएको छ। झापाको बाह्रदशी १ मा अध्यापनरत ३३ वर्षीया शिक्षिका ममसरी राजवंशीको आज एकाबिहानै हत्या भएको हो।

चार दिन अघि मात्र बैदेशिक रोजगारबाट घर फर्किएका उनकै श्रीमान देवनारायण राजवंशीले उनलाई आज बिहान ६ः३० बजे घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जानकारी दिएको छ।

राजवंशी वैदेशिक रोजगारीका लागि ओमन गएका थिए । उनी विदामा चार दिनअघि मात्र घर आएका थिए । श्रीमती अर्कै व्यक्तिसँग लागेको विषयमा विवाद भई राजवंशीले खुकुरी प्रहार गरेको हुनसक्ने आशङ्का गरिएको छ ।

घटनापछि खुकुरीसहित राजवंशीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार