पोखरा,२० चैत २०८०/
नवलपुर्को गैंडाकोटमा बोर्डिङ स्कुलबसले विपरीत दिशातर्फबाट आएको स्कुटरलाई ठक्कर दिंदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ भने अर्की एक महिला घाइते भएकी छिन।
गैंडाकोटको ओमशान्ति चोकबाट सरस्वती स्कुलचोकतर्फ जाँदै गरेको बालविकास बोर्डिङ स्कुलको ना.४ख १०४१ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको बा.९३ प ९२०२ नम्बरको स्कुटरलाई ठक्कर दिएर
दुर्घटना भएको हो।
उक्त दुर्घटनामा परेर स्कुटरमा सवार पर्वतको फलेबास नगरपालिका-४ घर भई हाल भरतपुर महानगरपालिका-२६ बस्ने ६८ वर्षीया पार्वती पौडेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।
दुर्घटनामा गैंडाकोट नगरपालिका-५ की २० वर्षीया आशिका सापकोटा गम्भीर घाइते भएकी छिन्। उनलाई उपचारका लागि भरतपुर पठाइएको प्रहरीले जनाएको छ। ठक्कर दिने बस र बसचालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवस्यक अनुसन्धान थालेको बताएको छ।