पोखरा,१९ चैत २०८०/
बाँकेको खजुरामा एक दम्पत्ति गम्भीर घाइते अवस्थामा भेटिएका छन्। बाँकेको खजुरा गाउँपालिका वडा नं. ३ बी गाउँमा महेन्द्र सिंह रावत र उनकी श्रीमति गीतासिंह ठकुरी धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको अवस्थामा भेटिएका हुन्।
गम्भीर घाइते अवस्थामा भेटिएका उनीहरु दुवै जना जनालाई प्रहरीले उपचारका लागि अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।उनीहरु दुवै जनालाई नै धारिलो हतियार प्रहार गरेको पाइएको प्रहरीले जानकारी दिएको छ।
उनीहरुलाई कसले किन धारिलो हतियार प्रहार गर्यो वा आपसमा झगडा भए पछि हतियारको प्रयोग भएको हो भन्ने बारेमा अनुसन्धान भैरहेको प्रहरीले बताएको छ।