तनहुँ,१७ चैत २०८०/
तनहुँमा रोकिराखेको बसमा कार ठोक्किँदा चालकसहित ३ जना घाइते भएका छन् । म्याग्दे गाउँपालिका –१ गुणादी स्थित पृथ्वी राजमार्ग सडक खण्डमा रोकिराखेको ना ५ ख ५३५९ नम्बरको बसमा बाग्मती बी एसी ५७४० नम्बरको कार ठोक्किंदा पोखरा घर भएका तीन जना घाइते भएका हुन्।
शनिबार बिहान करिब ८ बजेर २० मिनेटमा भएको दुर्घटनामा परेर कार चालक पोखरा महानगरपालिका –२५ बस्ने ३१ वर्षीय विकास त्रिपाठी, कारमा सवार पोखरा महानगरपालिका –१६ बस्ने ३२ वर्षीय विकास बानियाँ र वडा नं. १९ बस्ने ३१ वर्षीय संजिप भण्डारी घाइते भएका प्रहरीले जानकारी दिएको छ ।
घाइतेहरूको दमौलीस्थित रत्नहरि मेमोरियल अस्पताल तनहुँमा उपचार भइरहेको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।