मुगुमा जिप दुर्घटना : दुई जनाको घटनास्थलमै मृत्यु, चारजना घाइते

मुगुमा जिप दुर्घटना : दुई जनाको घटनास्थलमै मृत्यु, चारजना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १५ चैत्र २०८०
  • 5.5K
    Shares

पोखरा, १५ चैत २०८०/

मुगुमा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

मुगु जिल्लाको सदरमुकाम गमगढीदेखि सोरु गाउँपालिका तर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ज ००५९ नम्बरको बोलोरो जिप बुधबार साझ १७:२० बजे कच्या गाउँ नजिकै दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी हरि बहादुर खत्रीले जानकारी दिय ।

उक्त दुर्घटनामा परेर जिप चालक कविराज नेपाली र एक जना पहिचान खुल्न बाँकी रहेको महिलाको मृत्यु भएको सहायक प्रजिअ खत्रीले जानकारी दिए। सोहि दुर्घटनामा परेर गम्भीर भाइते भएका मन्जने नेपाली सर्जन नेपाली र हिरासिङ्ग नेपालीलाई थप उपचारका लागि कोहलपुर मेडिकल कलेज पठाइएको र सामान्य घाइते प्रेम नेपाली उपचार पछि घर फर्किएको प्राप्त समाचारमा जनाइएको छ।

उक्त जिप अनियन्त्रित भएर करीब एकसय मिटर तल खसेको र दुर्घटनाको कारण अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार