पोखरा, १५ चैत २०८०/
बैतडीमा कक्षा छ मा पढ्ने १३ वर्षीया एक बालिका झुण्डिएको अवस्थामा परेकी छिन्। बैतडीको पञ्चेश्वर गाउँपालिका –१ सुन्तला टोल घर भएकी १३ बर्षीया अस्मिता सार्की झुण्डिएको अवस्थामा भेटिएकी हुन्।
ग्रीखान माविमा कक्षा ६ मा अध्ययनरत अस्मिता विद्यालयबाट घर आउने समयमा चिउरीको रुखमा झुण्डिएको अवस्थामा फेला परेकी पञ्चेश्वर गाउँपालिका-१ का वडा अध्यक्ष दिवान सार्कीले बताएका छन।
अस्मिताले किन झुण्डिएर आत्महत्या गरिन् भन्ने बिषय खुलेको छैन्। तर विद्यालयमा आज परीक्षाफल प्रकाशन भएको थियो। परीक्षाफल प्रकाशनपछि घर फर्केकी अस्मिताले बाटोमै आत्महत्या गरेकी हुन्। घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिएका छन ।