तस्करीको ११ तोला सुनसहित गोरखाका एक युवासहित दुई जना काठमाडौंको नरदेवीबाट पक्राउ

तस्करीको ११ तोला सुनसहित गोरखाका एक युवासहित दुई जना काठमाडौंको नरदेवीबाट पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १४ चैत्र २०८०
  • 6.9K
    Shares

सुन तस्करी गरेको आरोपमा पक्राउ परेका गोरखाका सोनाम दोर्जे लामा र सुनसरीका सुदिप बिक

पोखरा, १४ चैत २०८०/

तस्करीको सुनसहित प्रहरीले काठमाडौंको नरदेविबाट गोर्खाका एक युवासहित दुई जना पक्राउ परेका छन्। सुनसरीको इटहरी नगरपालिका-११ का सुदिप बिक र गोरखाको चुमनुब्री गाउँपालिका-६ का सोनाम दोर्जे लामा तस्करीको ११ तोला सुनसहित पक्राउ परेका हुन्।

सोमबार रसुवाको केरुङ नाका हुँदै भन्सार छली ल्याएको गोप्य सूचनाका आधारमा काठमाडौं अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले काठमाडौंको नरदेविबाट उनीहरुलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

उनीहरुको साथबाट एकसय २७ दशमलव ७ ग्राम अर्थात् ११ तोला अवैध सुनसहित नियन्त्रणमा लिइएको अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी नकुल पोखरेलले जानकारी दिए।

उक्त सुनको हाल बजार भाउ १३ लाख ९१ हजार एकसय ६० हुन आउने प्रहरीले जनाएको छ। दुवैलाई थप अनुसन्धानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार