उदयपुरमा छाउरी खोला नजिक घारीमा टाउको बिनाको शब भेटियो

उदयपुरमा छाउरी खोला नजिक घारीमा टाउको बिनाको शब भेटियो


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ११ चैत्र २०८०
  • 8.9K
    Shares

पोखरा, ११ चैत २०८०/

उदयपुरमा एक युवाको शब बिभत्स अवस्थामा भेटिएको छ। जिल्लाको कटारी नगरपालिका ५ भुल्के स्थित छाउरी खोला नजिक एक युवाको शब टाउको छिनाएर बिभत्स तरीकाले हत्या गरिएको अवस्थामा भेटिएको हो।

प्रहरीका अनुसार, खोला किनाराको घारीमा शरीरको तल्लो भाग भेटिएको थियो भने टाउको शरीरबाट छुट्टिएको अवस्थामा भेटिएको थियो। उक्त कसको हो भन्ने बारेमा पहिचान नखुलेको पनि प्रहरीले जानकारी दिएको छ।

स्थानीयले बेवारिसे अवस्थामा शव देखेपछि इलाका प्रहरी कार्यालय कटारीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय कटारीका प्रहरी निरीक्षक उमेश महतोको नेतृत्वमा प्रहरीले घटनास्थलमा पुगी प्रारम्भिक अनुसन्धान गरी शवलाई पोष्टमार्टमको लागि कटारी अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार