रौतहटमा बसको ठक्करबाट साइकलमा सवार दम्पतीको मृत्यु

रौतहटमा बसको ठक्करबाट साइकलमा सवार दम्पतीको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ११ चैत्र २०८०
  • 5.6K
    Shares

पोखरा, ११ चैत २०८०/

रौतहटमा बसले साइकललाई ठक्कर दिंदा साइकलमा सवार दम्पतीको मृत्यु भएको छ। पश्चिमबाट सर्लाहीतर्फ जाँदै गरेको मे १ ख २५३६ नम्बरको बसले रौतहटको बागमतीस्थित चन्द्रनिगाहपुर-बागमती सडक खण्डको पूर्वपश्चिम राजमार्गमा साइकललाई ठक्कर दिंदा उक्त साइकलमा सवार दम्पतीको मृत्यु भएको हो।

उक्त दुर्घटनामा परेर साइकलमा सवार चन्द्रपुर वडा नं-१ पौराईका ५६ वर्षीय जगतबहादुर राई र उनकी श्रीमती ५५ वर्षीया धनमाया राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।

बसको ठक्करबाट टाउकोमा गम्भीर चोट लागेका राई दम्पतीलाई उपचारका लागि चन्द्रनिगाहपुर अस्पताल पुर्‍याइएकोमा अस्पतालले दुबैलाई मृत घोषित गरेको प्रहरीले जनाएको छ।

उक्त घटना पश्चात बसचालक बारा कोल्बीका धनबहादुर श्रेष्ठलाई आबश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिई अनुसन्धान शुरु गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार