पोखरा, १० चैत २०८०/
रुसमा जारी युद्धमा फसेका चार जना नेपाली नागरिकले आफूलाई बचाउन भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग अपिल गरेका छन् ।
उनीहरुले एउटा भिडियो सन्देश जारी गर्दै आफूहरुलाई बचाईदिन भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग अपिल गरेका हुन् । हिन्दी भाषामा जारी उक्त भिडियो सन्देशमा आफूहरु नेपाली भएको र रुसी सेनाको सहयोगीको रुपमा काम गर्न भन्दै दलालहरुले रुस पुर्याएको भए पनि अहिले रुसी सेनाको अग्रमोर्चामा खटाइएको बताएका छन्।
आफूहरुलाई बचाई दिन र उद्धार गरिदिन पटक-पटक रुसस्थित राजदुताबासमा अनुरोध गरेको भएपनि कुनै सुनुवाई नगरिएको गुनासो गर्दै उनीहरुले ठुलो देश र छिमेकी देश भएको नाताले आफ़ूहरुक्लो उद्धार गर्नमा भारतले सहयोग गर्ने अपेक्षा गरेका छन्।