स्याङ्जाको वालिङमा जिप दुर्घटना : घाइते नौमध्ये पांच जनालाई पोखरा ल्याइदै

स्याङ्जाको वालिङमा जिप दुर्घटना : घाइते नौमध्ये पांच जनालाई पोखरा ल्याइदै


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १० चैत्र २०८०
  • 19.9K
    Shares

वालिङमा जिप दुर्घटना

पोखरा, १० चैत २०८०/

स्याङ्जाको वालिङ नगरपालिकामा जीप दुर्घटना हुँदा चालकसहित नौ जना घाइते भएका छन् । वालिङबाट धनपुरतर्फ जाँदै गरेको ग २ च ७४७९ नम्बरको बोलेरो जीप वालिङ नगरपालिका ११ छत्युनस्थित भित्री सडक खण्डमा शनिबार दिउँसो दुर्घटना हुँदा नौ जना घाइते भएका हुन्।

उक्त दुर्घटनामा परेर घाइते भएका नौमध्ये चार जनाको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा र बाँकी पाँच जनालाई थप उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सुचना अधिकारी प्रहरी नायव उपरीक्षक ईन्द्र बहादुर रानाले जानकारी दिए।

प्रहरीका अनुसार, जीप चालक वालिङ नगरपालिका वडा नं ११ जोहानखोला बस्ने ४१ वर्षीय ज्ञानप्रसाद पंगेनी, छत्युन बस्ने १९ वर्षीय नम्रता खत्री, वडा नं १० बस्ने ३२ वर्षीय सुकमाया सुन्धौली र सुन्धौलीको १३ वर्षीय छोरा संगम सुन्धौलीको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भैरहेको छ भने थप उपचारको लागि वालिङ नगरपालिका ११ छत्युन बस्ने ७७ वर्षीय रन बहादुर मगर, ७५ वर्षीय लाटी मगर, जुहानखोला बस्ने ३६ वर्षीय हुमकला पंगेनी, भकभका बस्ने १७ वर्षीय करिना खवास र भीरकोट नगरपालिका ५ स्वरेक बस्ने ३० वर्षीय विन्दु खवासलाई गण्डकी मेडिकल कलेज पोखरा रिफर गरिएको प्रहरीले जानकारी दिएको छ।

उक्त जिप ब्रेक फेल भई दुर्घटना भएको जीप सडकबाट अन्दाजी २० मिटर तल खसेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार