सुमना श्रेष्ठ हत्या प्रकरण : प्रेममा खटपटपछि प्रेमीद्वारा हत्या, प्रेमी पक्राउ

सुमना श्रेष्ठ हत्या प्रकरण : प्रेममा खटपटपछि प्रेमीद्वारा हत्या, प्रेमी पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ९ चैत्र २०८०
  • 5.1K
    Shares

पोखरा, ९ चैत २०८०/

सुनसरीस्थित धरान उपमहानगरपालिका–१६ की २१ वर्षीया सुमना श्रेष्ठको हत्यामा संलग्न रेहो आरोपमा प्रहरीले उनकै प्रेमीलाई पक्राउ गरेको छ।

नेकपा एमाले कास्कीको अधिबेशन सम्बन्धि सूचना

श्रेष्ठको हत्या आरोपमा प्रहरीले धनकुटा नगरपालिका-९ मूलघाट घर भएका १९ वर्षीय बाबुराम भुजेललाई पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय धरानमा आयोजित पत्रकार सम्मेलनमा बाबुरामले सुमना हत्या स्वीकारेको जानकारी प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए।
बाबुरामले प्रेममा खटपट आएकै कारण सुमनाको ज्यान लिन पुगेको बयान दिएको पनि भण्डारीले बताए।

प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार सुमना र धरान उपमहानगरपालिका वडा नं. १६ बस्दै आएका १९ वर्षीय सविन भन्ने बाबुराम भुजेलबीच करिब २ वर्ष अघिदेखि फेसबुकमार्फत प्रेम सम्बन्ध सुरु भएको थियो। उनीहरू प्रेम सम्बन्धमा रहेकै बेलामा गत पुदेखि सुमनाले धरानस्थित ग्लोब्लोरिन्समा काम गर्न थालेपछि त्यहीँ काम गर्ने प्रदीप श्रेष्ठसँग उनको चिनजान भएको खुलेको छ।

सुमना र प्रदीप एकआपसमा नजिक हुन थालेपछि फेसबुक आइडीसमेत एउटै चलाउने गरेका प्रहरीको अनुसन्धानबाट खुलेको छ। आफूसँग प्रेममा रहेकी सुमना अर्कैसँग सम्बन्धमा रहेपछि बाबुराम रिसाएका थिए। प्रदीपसँगको सम्बन्ध थाहा पाएपछि बाबुराम टाढिएका थिए। त्यहीकारण बाबुराम र सुमनाको सम्बन्धमा चिसोपना आएका कारण यो घटना हुन पुगेको भण्डारीले बताए।

सुमनासँगको सम्बन्धमा चिसोपना आएपछि बाबुराम काम गर्ने सिलसिलामा धनकुटाको मूलघाटमा बस्दै आएका थिए। त्यसपछि सुमनासँगको प्रेम सम्बन्धमा झनै चिसोपना आएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

सुमनासँग सम्बन्धमा समस्या आइरहेका बेला बाबुराम यही मंगलबार धरान झरेका थिए। उनले धरानमा झरेर सुमनासँग भेट पनि गरे। त्यसपछि उनले सुमनालाई आफ्नै स्कुटरमा राखी चलाउन सिकाउन लगेको खुलेको छ।

स्कुटर चलाउन सिकाउँदै लाने क्रममा बाबुरामले घोपा क्याम्प र डिपोट स्कुलको बीचमा लगेर सुमनाको हत्या गरेको भण्डारीले बताए। उनका अनुसार मंगलबार राति ९ बजेको समयमा उनीहरूबीच सुमनाको फेसबुक प्रयोगको विषयलाई लिएर विवाद भएको खुलेको छ।

सुमनाले आफ्नो फेसबुक प्रदीपलाई चलाउन दिएको कुरामा रिसाएका बाबुरामले त्यो दिन उनको हत्या गर्ने योजना बनाएको प्रहरीले जनाएको छ।

‘बावुराम भुजेलले योजनाअनुसार नै साथमा लिएर गएको खुकुरी निकाली सुमना श्रेष्ठको घाँटी रेटी हत्या गरेको देखियो’, भण्डारीले भने, ‘रातको समयमा सुमनाको हत्या गरेपछि उनी खुकुरीसमेत त्यहीँ फ्याँकेर रातारात भागेर धनकुटा पुगेछन्।’

सुमनाको शव बुधबार दिउँसो २ बजे स्थानीयले घोपा क्याम्प र डिपोट स्कुलबीच खोल्सामा देखेपछि प्रहरीलाई खबर गरेका थिए।

प्रहरीले घटनाका दिन सुमना र ती युवक बाबुराम (भुजेल) एउटै स्कुटरमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छिरेको विवरण पत्ता लगाएको थियो। सीसीटीभी फुटेजमा उनीहरू एउटै स्कुटर चढेको देखिएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार