गएराती म्याग्दीमा जिप भीरबाट खस्यो : जिपचालकसहित दुईको घटनास्थलमै मृत्यु

गएराती म्याग्दीमा जिप भीरबाट खस्यो : जिपचालकसहित दुईको घटनास्थलमै मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ५ चैत्र २०८०
  • 6.6K
    Shares

पोखरा, ५ चैत २०८०/

म्याग्दीमा गएराती जिप दुर्घटना हुँदा जिपचालकसहित दुई जनाको मृत्यु भएको छ। अन्नपूर्ण
गाउँपालिकाको केन्द्र पोखरेबगरबाट पाउद्वार जाँदै गरेको ग१ज ७६५३ नम्बरको जिप अन्नपूर्ण गाउँपालिका–५ नेपानेमा दुर्घटनाग्रस्त हुँदा जिपचालकसहित दुई जनाको मृत्यु भएको हो ।

उक्त दुर्घटनामा परेर जिपका धनी एवं चालक अन्दाजी ३७ वर्षका गणेश श्रेष्ठ र पाउद्वारका अन्दाजी २७ वर्षीय लालबहादुर तिलिजाको मृत्यु भएको अन्नपूर्ण गाउँपालिका–५ का वडासदस्य पूर्ण पाइजाले जानकारी दिए। उनीहरुको घटनास्थलमै मृत्यु भएको बताइएको छ।

हिजो राति पोखरेबगरबाट छुटेको जिप पाउद्वार नपुगेको खबर आएपछि खोज्ने क्रममा आज बिहान ८ बजेतिर सडकदेखि करिब २०० मिटर तल खोँचमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको बताइएको छ।

प्रतिक्रिया