सुष्मा लामा हत्या प्रकरण : २१ वर्षीय युवक पक्राउ

सुष्मा लामा हत्या प्रकरण : २१ वर्षीय युवक पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ३ चैत्र २०८०
  • 4.6K
    Shares

गोकर्णेश्वर नगरपालिका–३, तारेभीरस्थित जंगलमा मृत भेटिएकी सुष्मा लामा

पोखरा, ३ चैत २०८०/

काठमाण्डौको गोकर्णेश्वर नगरपालिका–३, तारेभीरस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा हत्या गरी गाडिएको अवस्थामा भेटिएकी १८ वर्षीया सुस्मा लामाको घटना सम्बन्धमा छानबिन गर्न प्रहरीले एक जना युवालाई पक्राउ गरेको छ।

बूढानीलकण्ठस्थित सामुदायिक विद्यालयको कक्षा १२ अध्ययनरत अध्ययनरत छात्रा लामाको हत्यामा संलग्न रहेको अनुसन्धानका लागि भन्दै उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले २१ वर्षीय रुपेन्द्र लामालाई पक्राउ गरेको हो। उनी को हुन्, उनले किन सुष्माको हत्या गरे भन्ने बारेमा भने अझै खुल्न बाँकी छ।

गएको माघ २२ गतेदेखि हराएकी सुस्मा लामाको फागुन २५ गते शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा गाडिएको अवस्थामा फेला परेको थियो । लामाको हात खुट्टा बाँधेको अवस्थामा शव भेटिएको प्रहरीले जानकारी दिएको छ।

सुस्मा एक्कासी हराएपछि प्रहरीको सहयोग लिएर स्थानीयबासिन्दाले पनि खोजी गरिरहे । त्यहीबीच उनले विवाह गरेको विषय फेसबुकमार्फत सार्वजनिक भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार