पोखरा, १ चैत २०८०/
दोलखाको जिरी नगरपालिकास्थित जेम एकेडेमीका प्रिन्सिपल भक्तराज बोहोरा जेल चलान भएका छन्। छात्रा बलात्कार गरेको आरोपमा पक्राउ परेका बोहोरालाई दोलखा जिल्ला अदालतले पुर्पक्षमा रहने गरी थुनामा राख्न आदेश दिएका कारण जेल चलान भएका हुन्।
दोलखा जिल्ला अदालतका न्यायधिश माधव प्रसाद सुवेदीको इजलाशले आफ्नै बिद्यालयकी छात्रालाई बलात्कार गरेको आरोप लागेका उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।
छात्रालाई बलात्कार गरेको आरोपमा दोलखा प्रहरीले उनलाई फागुन ४ गते नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो । उनीविरुद्ध पीडित किशोरी र उनका बुबाले फागुन ५ गते जिल्ला प्रहरी कार्यालय चरिकोटमा पुगेर किटानी जाहेरी दिएका थिए । जिरी–७ घर भएका ती किशोरी जेम एकेडेमी जिरीमा कक्षा १० मा अध्ययरत छात्रा हुन् ।
विद्यालयकै छात्रावास (होस्टल) मा बस्दै आएकी किशोरीलाई गत माघ १२ गते प्रिन्सिपल बोहोराले डर त्रास देखाई जवरजस्ती करणी गरेको घटना सार्वजनिक भएपछि जेम एकेडेमीका विद्यार्थीहरुले फागुन ४ गते प्रिन्सिपललाई कुटपिट गरी प्रहरी समक्ष बुझाएका थिए ।