पोखरा, ३० फागुन २०८०/
१२ वर्षीया बालिका वलात्कार गरेको आरोप लागेका ६० बर्षिय एक बृद्ध गोरखामा जेल चलान भएका छन्। १२ वर्षीया बालिका वलात्कार गरेको आरोप लागेका बारपाक सुलिकोट गाउँपालिका–४ सौरपानी, घुन्चोकका बुद्विमान बिक भन्ने बुधवल सुनार गोर्खा जिल्ला कारागार चलान भएका हुन्।
जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी डिएसपी रमेशकुमार श्रेष्ठले दिएको जानकारी अनुसार, बिक फागनु २ गते राती २ बजेको समयमा १२ बर्षिया बालिका वलात्कार गरेको आरोपमा पक्राउ परेका थिए। पिडित बालिकाका बुवाले गोरखा प्रहरीमा उजुरी दिएपछि प्रहरीले पक्राउ गरेर फागुन ६ गते आइतबार जबरजस्ती करणी शिर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरेको थियो ।
अनुसन्धान सकेर सरकारी वकिलको कार्यालय मार्फत राय सहित फागुन २९ गते गोरखा अदालत पेश गरिएकोमा सुनारलाई सोही दिन अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको पनि सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।