पोखरा, २९ फागुन २०८०/
पोखराबाट बाल यौन दुर्व्यवहार मुद्दाका एक जना फरार व्यक्ति पक्राउ परेका छन्। बाल यौन दुर्व्यवहार मुद्दामा पोखरा महानगरपालिका वडा नं. ८ सभागृह बस्ने ४६ वर्षीय सुरेश श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो।
अभियुक्त श्रेष्ठले १५ वर्षीया एक किशोरीलाई यौन दुर्ब्यबहार गरेको प्रहरीले आरोप लगाएको छ। पोखरा सभागृहचोकस्थित आफ्नै घरबाट पक्राउ परेका अभियुक्त श्रेष्ठबिरुद्ध बाल यौन दुर्व्यवहार मुद्दामा कास्की जिल्ला अदालतबाट पांच दिनको म्याद थप गरी अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।