कालिकोटमा विजुलीको पोल ढलेर करेन्ट लाग्दा एक शिक्षकसहित दुई जनाको मृत्यु

कालिकोटमा विजुलीको पोल ढलेर करेन्ट लाग्दा एक शिक्षकसहित दुई जनाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २७ फाल्गुन २०८०
  • 7.8K
    Shares

बिजुलीको पोलमा करेन्ट

पोखरा, २७ फागुन २०८०/

कालिकोटमा विजुलीको पोल ढलेर करेन्ट लाग्दा एक शिक्षकसहित दुई जनाको मृत्यु भएको छ । कालिकोटको नरहरिनाथ गाउँपालिका–८, लालु ठाडाबाटोमा विजुलीको पोल ढलेर करेन्ट लाग्दा दुई जनाको मृत्यु भएको हो ।

शनिबार विहान बिजुलीको पोल सार्नेक्रममा करेन्ट लागेर नरहरिनाथ गाउँपालिका–८, लालुका ४३ वर्षिय केशव थापा र २५ वर्षिय गंगा थापाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । मृतक केशव थापा स्थानीय मंगलासैनी माविका शिक्षक र गंग थापा कृषक हुन् ।

पुरानो पोल हटाएर नयाँ पोल गाड्ने क्रममा पोल ढलेर करेन्ट लागेपछि उनीहरुको मृत्यु भएको प्रत्यक्षदर्शी वडा अध्यक्ष लालबहादुर बिष्टले जानकारी दिए ।

वडाध्याक्ष बिष्टका अनुसार, एक महिनाअघि राष्ट्रिय प्रसारण लाइन पुगेको लालुमा विद्युतको पोल व्यवस्थापन गर्ने क्रममा सावधानी नपाउँदा पोल ढलेर हाइटेन्सनलाइनको करेन्ट लागेर उनीहरुको ज्यान गएको प्रहरीको भनाइ ।

प्रतिक्रिया
सम्बन्धित समाचार